आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङजा प्रहरीलाई ठुलो सफलता, एकै दिन एक सय ११ फरार प्रतिवादी पक्राउ
स्याङ्जा सेरोफेरो

स्याङजा प्रहरीलाई ठुलो सफलता, एकै दिन एक सय ११ फरार प्रतिवादी पक्राउ

  • स्याङ्जा सेरोफेरो बुधबार, कार्तिक १९, २०७७ | November 4, 2020

रोशन लामिछाने, स्याङ्जा :

जिल्ला प्रहरी कार्यालय स्याङजालाइ ठुलो सफलता हात लागेको छ । आज एक सय ११ जना फरार प्रतिवादी पक्राउ परेका छन् ।

कर्तव्य ज्यान, हातहतीयर तथा खरखजना, जवरजस्ती करणी, शार्वजनिक अपराज अन्तर्गत चोरी, डकैती, बहुविवाह लगायत विभिन्न किसिमका अपराधहरुमा संलग्न भएर फरार रहेका प्रतिवादी पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ परेका फरार प्रतिवादीहरु १ सय ११ जना मध्ये ९७ जना पुरुष र १४ जना महिला रहेका छन् । क्राउ परेका १ सय ११ जना फरार प्रतिवादी मध्ये ९९ जना जरिवाना तिरेर छुटेका छन् भने कर्तव्य ज्यान, हातहतीर र जवरजस्ती करणीका १२ जना थुनाका लागि प्रहरीले जिल्ला कारागारमा बुझाईएको छ ।

फरार प्रतिवादीहरुलाई प्रहरीले जिल्लाको फेदीखोला, पुतलीबजारको आसपास, वालिङ नगरपालिका र आँधिखोला गाउँपालिका क्षेत्रहरुबाट पक्राउ गरेको हो । त्यसैगरी स्याङजा प्रहरीले विरुवा गाउँपालीका, गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, हरिनास गाउँपालिका, कालिगण्डकी र अर्जुनचौपारी गाउँपालिका आसपासका क्षेत्रहरुबाट फरार प्रतिवादीहरुलाई पक्राउ गरेको थियो ।

समाजलाई अपराध मुक्त बनाउन स्याङजा प्रहरी सक्रिय रहेको बताउदै एसपी बोगटीले फरार प्रतिवादीको पक्राउले अन्य व्यक्तीहरुले समाजमा अपराधीक क्रियाकलाप नगर्ने अनुसन्धानबाट खुलोको बताए । बोगटीले अन्य जिल्लाको तुलनामा रचनात्म कार्य गर्ने उद्देश्यले फरार प्रतिवादी पक्राउ गर्ने सोच बनाएको बताउदै आफु स्याङजा आउदा प्रहरी संगठनको कार्यक्रम अनुसार प्रतिवादी पक्राउ गरेको जानकारी दिए ।

पछिल्लो समय जिल्ला प्रहरी कार्यालय स्याङजा रचनात्मक तथा उदाहरणीय कार्य गर्दै अगाडी बढीरहेको बेला करिब २ सय १९ जना फरार प्रतिवादी प्रहरी नियन्त्रणमा परेको छन् । जिल्लामा रहेका फरार प्रतिवादी मध्य करिब २५ प्रतिशतको मृत्यु भईसेकेको, करिब २५ प्रतिशत नाम र ठेगाना नमिल्ने रहेका प्रहरीले जानकारी दिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु