आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • ब्रेक्इङ न्युज
  • स्याङ्जाको भिरकोट नगरपालिका ५ मा जीप दुर्घटना, एक जनाको मृत्यु ४ जना घाइते
ब्रेक्इङ न्युज

स्याङ्जाको भिरकोट नगरपालिका ५ मा जीप दुर्घटना, एक जनाको मृत्यु ४ जना घाइते

  • चन्दन केसी आइतवार, कार्तिक २३, २०७७ | November 8, 2020

स्याङ्जा सेरोफेरो, भिरकोट:

स्याङ्जाको भिरकोट नगरपालिका ५ हर्खौडी स्थित कच्ची सडक खण्डमा पकान फाँटबाट पराल बोकेर हर्खौडी तर्फ जादै गरेको लु १ च २६९६ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार जीप दुर्घटनामा परी घाईते भएका भिरकोट नगरपालिका वडा नं ५ बस्ने ३५ वर्षीय शिव सेन, ३९ वर्षीय मनोज सेन, १७ वर्षीय असिम सेन, ५२ वर्षीय दिल बहादुर सेन र २२ वर्षीय अञ्जन सेनलाई तत्काल उपचारको लागी कालिका सामुदायिक अस्पताल हेलु पठाईएको थियो ।

जिप हिजो साँझ छ बजेतिर सडकबाट ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । घाईतेहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रहरीले जिप चालक स्याङ्जाको वालिङ नगरपालिका ११ बस्ने ३८ वर्षीय राजु पंगेनीको खोजतलास गरिरहेको गरिरहेको जनाएको छ ।

फेसबुक प्रतिक्रियाहरु