आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोट : चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित अबिरको टिका र खादा
स्याङ्जा सेरोफेरो

भीरकोट : चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित अबिरको टिका र खादा

  • स्याङ्जा सेरोफेरो आइतवार, कार्तिक २३, २०७७ | November 8, 2020

स्याङ्जा सेरोफेरो, भीरकोट:

स्याङ्जाको भीरकोटमा ट्राफिक प्रहरीले ‘सुरक्षित यात्राको शुभकामनासहित' चालकलाइ सम्मान गरेको छ ।

ट्राफिक प्रहरीले आइतबार भीरकोटको वडा नम्बर १ मा चालकहरुलाई सुरक्षित यात्राको शुभकामनासहित अबिरको टिका र खादा लगाएर सम्मान गरेको हो ।

चालकहरुको लापर्वाहीका कारण सडक दुर्घटनामा परि धेरैको ज्यान जाने गरेको जनगुनासो बढिरहेका बेला ट्राफिक प्रहरीले चालकहरुलाई सम्मान गरेर सुरक्षित यात्राका लागि थप हौसला प्रदान गर्न कार्यक्रमको शुभारम्भ गरेको हो ।

त्यस अवसरमा वडा नं १ का वडा अध्यक्ष तथा नगर प्रवक्ता दिपेन्द्र केसीले मादक पदार्थ सेवन नगरी ध्यान दिई तथा होशीयारीपूर्वक सवारी साधन हाँक्न चालक सँग आग्रह गर्नुभयो ।

‘ड्राइभर दाई’ सडकमा सवारीसाधन चलाउनेहरुका बारे धेरै गीत बनेका छन् । तर, उनीहरुप्रति आमधारणा सकारात्मक बन्न सकिरहेको थिएन ।

पढ्न लेख्न नसकेपछि र कुनै अवसर नपाएपछि ड्राइभर बन्छ भन्ने मानसिकता बनेको थियो । सडकमा खटिनेहरुलाई हेर्ने दृष्टिकोण र व्यवहार नकारात्मक थियो ।  तर, अब यसमा परिवर्तन ल्याउनुपर्छ भन्ने भावना जागृत भएको छ । यसबाट भीरकोटमा चालकहरु पहिलोपटक सम्मानित भएको महशुश गर्न थालेको बुझिएको छ ।

फेसबुक प्रतिक्रियाहरु