आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • नगरपालिकाको पहलमा गल्याङ ११ मा बाटो ग्राभेलको काम तिब्र बन्दै
स्याङ्जा सेरोफेरो

नगरपालिकाको पहलमा गल्याङ ११ मा बाटो ग्राभेलको काम तिब्र बन्दै

  • स्याङ्जा सेरोफेरो आइतवार, कार्तिक २३, २०७७ | November 8, 2020

स्याङ्जा सेरोफेरो, गल्याङ :

स्याङजाको गल्याङ नगरपालिका वडा नम्बर ११ जिमुहा क्षेत्रमा मोटरबाट ग्राभेलको काम तिब्र गतिमा भैरहेको छ । साविकको तुलसीभन्ज्याङ गाविस वडा नम्बर ५ जिमुहामा रहेको रिङरोडमा ग्राभेल गर्ने काम तिब्र गतिमा भैरहेको हो ।

जिमुहाको एकाएबेल बाट डुम्रेटोल, गल्कोट मावि, ढकाल थर हुँदै अधिकारी टोल आउने बाटो ग्राभेल भैरहेको छ । यस्तै, एकाएबेलबाट कालीगण्डकी नदि सम्म जाने बाटो पनि ग्राभेल गर्ने काम भैरहेको गल्याङ नगपालिका वडा नम्बर ११ का अध्यक्ष शंकरदेब अधिकारीले जानकारी दिनुभयो । उहाँले बर्षातको समयमा विग्रीएको बाटो मर्मत मात्रै गर्दा फेरी पनि समस्या आउन सक्ने भएकाले ग्राभेल गर्ने काम गरिएको स्पष्ट पार्नुभयो ।

वडाध्यक्ष अधिकारीले वडा नम्बर ११ का सबै बाटो मर्मतको क्रममा ग्राभेल गर्ने अभियान सुरु गरिएको बताउनुभयो । गल्याङ नगरपालिका जनसम्पर्क शाखा प्रमुख दलबहादुर सिंजालीले ११ नम्बर वडा भित्र करिब पाँच किलोमिटर बाटो ग्राभेलको काम भैरहेको उहाँले बताउनुभयो ।

कच्ची बाटो भएका स्थानीय क्षेत्रमा उहाँले हिलो र धुलोको समस्या रहेकाले व्यवस्थित गर्न नगरपालिकाले पहलकदमी लिएको बताउनुभयो । घर अगाडि बाटो निर्माणको काम भए पछि स्थानीय खुशी भएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु