आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • अवैध भरुवा बन्दुक सहित बिरुवा बाट एक जना पक्राउ
स्याङ्जा सेरोफेरो

अवैध भरुवा बन्दुक सहित बिरुवा बाट एक जना पक्राउ

  • स्याङ्जा सेरोफेरो आइतवार, कार्तिक २३, २०७७ | November 8, 2020

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

स्याङ्जामा अवैध भरुवा वन्दुक सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

बिरुवा गाउँपालिका वडा नम्बर २ बेसारे डांडाका ३३ वर्षीय भिम बहादुर गुरुङको घरमा सो अवैध बन्दुक फेला परेको हो ।

अवैध भरुवा बन्दुक लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यलय स्याङ्जा बाट खटिएको अधिकृत सहितको टोलीले घर गोठ खानतलासी गर्दा गोठमा रहेको काठको खलिया माथी सुकेको खर जातको घाँस र मकैको सुकेको डाठ भित्र फेला पारेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्त एंव प्रहरी नायब उपरीषक राजेन्द्र प्रसाद अधिकारीले स्याङ्जा सेरोफेरोलाइ जानकारी दिनुभयो ।

गुरुङकै घर बाट भरुवा बन्दुकको नाल थान- २ (दुई), फलाम र सिसाको जस्तो देखिने छर्रा थान- १२ (ब्राह), फलामको टुक्रा सानो ठुलो थान- २३ (तेईस) र बारुद ५५ ग्राम  पनि बरामत गरिएको उहाले बताउनुभयो ।

अहिले थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु