आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • राखेप सदस्यसचिव सिलवालले स्याङ्जालाई कर्मचारीमा जस्तै खेलकुदमा पनि सफल जिल्ला बनाउन सहयोग गर्ने
स्याङ्जा सेरोफेरो

राखेप सदस्यसचिव सिलवालले स्याङ्जालाई कर्मचारीमा जस्तै खेलकुदमा पनि सफल जिल्ला बनाउन सहयोग गर्ने

  • स्याङ्जा सेरोफेरो मङ्लबार, कार्तिक २५, २०७७ | November 10, 2020

स्याङ्जा सेरोफेरो, कोल्मा :

राष्ट्रिय खेलकुद परिषद (राखेप) का नवनियुक्त सदस्य सचिव रमेश कुमार सिलवाल र सदस्य राजेश गुरुङ्लाई स्याङजामा स्वागत, अभिनन्दन तथा बधाई ज्ञापन गरिएको छ । उनीहरुलाई स्याङजाको कोल्मामा कोल्मा फुटबल स्टेडियम निर्माण समितिले स्वागत, अभिनन्दन तथा बधाई ज्ञापन गरेको हो ।

निर्माण समितिले गरेको स्वागत, अभिनन्दन तथा बधाई कार्यक्रममा सदस्य सचिब सिलवालले नवौ राष्ट्रिय खेलकुद प्रतियोगतालाई पोखराबाट बिकेन्द्रित गरेर स्याङ्जामा केहि खेल खेलाउने प्रतिबद्धता व्यक्त गरे ।

सिलवालले कोरोनाका कारण नवौ राष्ट्रिय खेल अन्यौलमा रहेपनि पोखरामा खेल खेलाउदाँ स्याङ्जा नछुट्ने बताए ।

खेलकुदको मुख्य नगरीको रुपमा परिचित पोखरासंगै जोडिएको स्याङ्जालाई कर्मचारीमा सफल जस्तै खेलकुदमा समेत सफल जिल्ला बनाउन सहयोग गर्ने बताए । उनले स्याङ्जाको खेलकुद बिकासमा बजेट बिनियोजन गर्न कुनै कन्जुसाई नगर्ने बताउदै सिलवालले कोल्मा ठिलो चाडो फुटबल मात्र नभई सबै खेलकुद खेलाउन मिल्ने स्टेडियम बन्ने बताए ।

त्यसैगरी कार्यक्रममा खेलकुद परिषद सदस्य गुरुङ्ले जन्मथलो जिल्ला भन्दा बाहिर रहेपनि खेलकुदको बिकासमा अहोरात्र खटिने बताए । गुरुङले आफु पढेको कोल्मा बराहचौर माबिमा रकम सिहँ गुरुङ र आमा गौमायाँ गुरुङको नामको अक्षयकोषमा एक लाख थप गर्ने घोषणा गरेका थिए ।

कोल्मा निवासी परिषद सदस्य गुरुङ्को पहलमा कोल्मा स्टेडियम निर्माणमा परिषदले आठ लाख प्रदान गरेको निर्माण समितिका सचिब मन बहादुर थापाले जनकारी दिए । उनले स्टेडियमको निर्माण कार्य समयमै सकिने बताए ।

फेसबुक प्रतिक्रियाहरु