आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • भीरकोट : आँधीखोला बगर क्षेत्रको प्रारम्भिक वातावरण परीक्षण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न
स्याङ्जा सेरोफेरो

भीरकोट : आँधीखोला बगर क्षेत्रको प्रारम्भिक वातावरण परीक्षण सम्बन्धि सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

  • स्याङ्जा सेरोफेरो बुधबार, कार्तिक २६, २०७७ | November 11, 2020

स्याङ्जा सेरोफेरो, भीरकोट :

भीरकोट नगरपालिकामा प्रारम्भिक वातावरण परीक्षण सम्बन्धि सार्वजनिक सुनुवाई सम्पन्न गरिएको छ । तमु समाज भवन बयरघारीमा सार्वजनिक सुनुवाई कार्यक्रम भएको हो ।

भीरकोट नगरपालीकामा प्रस्तावित आँधिखोलाको बगर क्षेत्रको तोकिएको स्थानबाट ढुंगा, गिट्टी, बालुवा उत्खनन, संकलन तथा प्रसोधन कार्यका लागि प्रारम्भिक वातावरणीय परीक्षण कार्यन्वयनमा उक्त क्षेत्रहरुको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको रिभु कन्स्ट्रक्सन काठमाण्डौका प्रतिनिधिहरुले बताउनुभयो ।

कार्यक्रममा प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन गर्नुको औचित्य, कानुनी प्रावधान र आँधीखोलाको आइईको प्रारम्भिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

रिभु कन्स्ट्रक्सनको आयोजनामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । कार्यक्रमको सहजिकरण पत्रकार चुत्र महत एशिवले गर्नुभएको थियो ।

कार्यक्रममा भीरकोट नगर प्रमुख छाँयाराम खनाल, उप प्रमुख सिमा केसी कर्माचार्य, प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र प्रसाद पौडेल, जनप्रतिनिधि तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।

 

 

फेसबुक प्रतिक्रियाहरु