आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • समृद्धिमा जुटिरहेका बेला कोभिडले प्रभाव पार्यो : मन्त्री अर्याल
स्याङ्जा सेरोफेरो

समृद्धिमा जुटिरहेका बेला कोभिडले प्रभाव पार्यो : मन्त्री अर्याल

  • स्याङ्जा सेरोफेरो शुक्रबार, कार्तिक २८, २०७७ | November 13, 2020

कला राना, स्याङ्जा :

भुमि व्यवस्था सहकारी तथा गरिबि निवारण मन्त्री पद्मा अर्यालले सरकार समृद्धिको अभियानमा जुटिरहेका बेला कोभिड १९ को संक्रमणले प्रभाव पारेको बताउनुभएको छ ।

स्याङ्जाका निर्माणाधिन विकासे आयोजनाहरुको निरिक्षण गर्दै मन्त्री अर्यालले भन्नुभयो, ‘सरकार विकास र समृद्धिको अभियानमा जुटिरहेका बेला नसोँचेको परिस्थिति कोभिड १९ को संक्रमणलाई सामाना गर्नुप¥यो ।

विकास निर्माणका योजनाहरुलाई समयमै वा समय अगावै सम्पन्न गर्ने योजनाका साथ हामी योजनाहरुको  निरिक्षण तथा अनुगमनमा जुटिरहेका छौँ ।’

जनप्रतिनिध तथा सरोकारावालाले समेत ताकेता गरिहनुपर्ने भन्दै मन्त्री अर्यालले भन्नुभयो, विगतमा एउटै योजनालाई सम्पन्न गर्न कयौँ वर्ष लाग्थ्यो । यस्ता ढिलासुस्तीलाई मध्यनजर गर्दै केहि निति नियम समेत परिर्वतन समेत गरेका छौँ ।

ठेक्का धेरै लिने तर काम ढिलो गर्ने, होल्ड गर्ने प्रवृत्तिलाई मध्यनजर गर्दै त्यस्ता संस्थाहरुलाई कारबाही गर्ने ठेक्का सिमितता हुने भन्दै मन्त्री अर्यालले काममा रफ्तार हुनुपर्ने बताउनुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु