आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • मन्त्री अर्यालद्धारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरिक्षण
स्याङ्जा सेरोफेरो

मन्त्री अर्यालद्धारा स्याङ्जाका विकास निर्माण आयोजनाहरुको निरिक्षण

  • स्याङ्जा सेरोफेरो शुक्रबार, कार्तिक २८, २०७७ | November 13, 2020

कला राना, स्याङ्जा :

भुमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले शुक्रबार स्याङ्जाका विकास निर्माणका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गर्नुभएको छ । मन्त्री अर्यालले वालिङ र चापाकोटका निर्माणाधीन आयोजनाहरुको निरिक्षण गर्नुभएको हो । वालिङ, सुर्कौँदी, अमले हुँदै स्वरेक मैदान जाने सडकको निरिक्षण गर्नुभएको हो ।

कालोपत्रे निर्माण कार्य जारी रहेको सडकको निरिक्षण गर्दै मन्त्री अर्यालले पहिलो चरणमा ५ किलोमिटर र बाँकी ९ किलोमिटर समेत कालोपत्रे गर्ने सरकारको रणनीतीक रहेको मन्त्री अर्यालले बताउनुभयो । स्वरेक मैदानसम्म सडक कालोपत्रे गरी यहाँको पर्यटकीय स्थलमा समेत भौतिक विकास गरी पर्यटनलाई विकास गर्ने मन्त्री अर्यालको भनाई छ ।

त्यस्तै वालिङ ११ डौँवाको खानेपानी समस्यालाई छिट्टै समाधान गर्ने मन्त्री अर्यालले प्रतिवद्धता व्यक्त गर्नुभयो । डौँवाका ५ सय घरधुरीलाई सहज रुपमा खानेपानी पु¥याउन छिट्टै योजना ल्याउने उहाँले बताउनुभयो ।

त्यस्तै मन्त्री अर्यालले चापाकोट नगरपालिकामा निर्माणाधीन विकास आयोजनाहरुको समेत निरिक्षण गर्नुभएको छ । मन्त्री अर्यालले चापाकोटको भ्यु टावर, बसपार्क, सिटिहल, बहु प्राविधिक शिक्षालयको निरिक्षण गर्नुभएको छ ।

यसअघि मन्त्री अर्यालले मालपोत कार्यालय र नापी कार्यालय स्याङ्जाको अनुगमन गर्नुभएको छ । कर्मचारीहरुलाई जनताको सेवामा खटिन निर्देशन दिँदै मन्त्री अर्यालले मालपोत नापी कार्यालय स्थानीयलाई तहलाई हस्तान्तरण गर्ने कार्य स्याङ्जाबाट शुरुवात गर्ने भन्दै सोही अनुसार काम गर्न निर्देशन दिनुभएको हो ।

 

फेसबुक प्रतिक्रियाहरु