आइतवार, मंसिर २१, २०७७ | Sunday 6th December 2020
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • भर्खरै
  • गण्डकी प्रदेशमा थप ५८ जना कोरोना पुष्टि, ३ सङ्क्रमितको मृत्यु
भर्खरै

गण्डकी प्रदेशमा थप ५८ जना कोरोना पुष्टि, ३ सङ्क्रमितको मृत्यु

  • चन्दन केसी बुधबार, मंसिर ३, २०७७ | November 18, 2020

गण्डकी: गण्डकी प्रदेशमा आज ५८ जना कोरोना  सङ्क्रमित थपिएका छन् भने तीन जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्याङ्जाको पुतलीबजार नगरपालिकाका ४६ वर्षीय पुरुष, कास्कीको पोखरा महानगरपालिका-३ का ८३ वर्षीय पुरुष र पोखराकै वडा नं १७ का ७८ वर्षीय महिला रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

 

यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु हुनेको सङ्ख्या १२७ पुगेको छ ।आज थपिने सङ्क्रमितमा सबैभन्दा बढी कास्कीका ३८, स्याङ्जाका ९, तनहुँका ५, म्याग्दी र गोरखाका ३/३ जना छन् ।

प्रदेशमा कूल सङ्क्रमितको सङ्ख्या १० हजार ५४८ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोदविन्दु शर्माले जानकारी दिए  ।

फेसबुक प्रतिक्रियाहरु