स्याङ्जा : आफु ठुलो समस्यामा परको र परिवारका सदस्य गम्भीर बिरामी रहेको भन्दै फेसबुक मार्फत ठगि गर्ने बाजुरा हिमाली गाउँपालिका ४ का २७ वर्षीय रुपचन्द्र पाण्डे पक्राउ परेका छन् ।
उनले आफु ब्राजिलमा रहेको र आकश्मिक समस्या देखाई महिलासँग रकम माग गरी ठगी गरेको अनुसन्धानबाट खुल्न आएको छ । उनले महिला सँग बाट पटक-पटक गरी दश लाख २८ हजार सात सय रुपैया ठगि गरको प्रहरिले जनाएको छ ।
जिल्ला अदालत स्याङ्जाबाट आइतवार ७ दिन म्याद थप गरि प्रहरीले अनुसन्धान गरिरहेको छ ।