मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • फिचर न्युज
  • मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास
फिचर न्युज

मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय भवन शिलन्यास

  • स्याङ्जा सेरोफेरो सोमवार, मंसिर १५, २०७७ | November 30, 2020

काठमाडौँ : मुक्तिनाथ विकास बैंकले काठमाडौ महानगरपालिका वडा नं ३ लाजिम्पाटमा केन्द्रीय कार्यालय भवन निर्माण थालेको छ । बैंकले आफ्नै जग्गामा केन्द्रीय कार्यालय भवन निर्माण थालेको हो ।

सोमबार बैंकको सञ्चालक समितिका अध्यक्ष भरतराज ढकालले भूमी पूजा तथा शिलन्यास गरेका हुन् ।

बैंकले छिट्टै भवन निर्माण सम्पन्न गरी आफ्नै भवनमा केन्द्रीय कार्यालय स्थानान्तरण गरी सेवालाई थप स्तरीयता र सवल बनाउन सहज हुने जनाएको छ ।

उक्त शिलन्यास कार्यक्रममा बैंकका संचालक समितिका सदस्यहरु, सेयरधनी, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।

फेसबुक प्रतिक्रियाहरु