स्याङ्जा सेरोफेरो, बिरुवा :
स्याङ्जाको बिरुवा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ । गाउँपालिकाले १० लाख एक हजार ३४८ रुपियाँको लागतमा एम्बुलेन्स खरिद गरेर सञ्चालनमा ल्याएको हो ।
एम्बुलेन्स सञ्चालनमा आएपछि गाउँपालिकाका बासिन्दालाई राहत मिलेको छ । एम्बुलेन्स सेवाबाट बिरुवा गाउँपालिका आसपासका बासिन्दाहरु समेत लाभान्वित हुन थालेका छन् ।
एम्बुलेन्स सञ्चालनमा आएसँगै चर्को भाडा तिरेर एम्बुलेन्स रिजर्भ गर्नुपर्ने यहाँका स्थानीयको बाध्यता अन्त्य भएको छ ।
एम्बुलेन्स सेवा २४ सै घण्टा सञ्चालन गर्नेगरी व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष चुणप्रसाद शर्माले बताए ।