• गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जा टेप्पो यातायात प्रा.लि गठन
स्याङ्जा सेरोफेरो

स्याङ्जा टेप्पो यातायात प्रा.लि गठन

  • स्याङ्जा सेरोफेरो मङ्लबार, मंसिर २३, २०७७ | December 8, 2020

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

पुतलीबजार नगरपालिका स्याङ्जामा एक कार्यक्रमका विच अर्जुन बहादुर गोदारको अध्यक्षतामा स्याङ्जा टेप्पो यातायात प्रा.लि गठन भएको छ । जसको उपाध्यक्षमा अहमद मिया, सचिवमा मोहमद अजिज खाँ र कोषाध्यक्षमा सुरेन्द्र बहादुर रोका चयन भएका छन् ।

प्रा.लि. संचालक सदस्यहरुमा मु रमजान अलि, प्रताप अर्याल, विरेन्द्र नेपाली, रहिम बक्स मिया, लालबहादुर भुजेल, दयाकुमारी सार्की, कुमार जिटी, विबेक दर्जी, जिवन कुमार श्रेष्ठ, यम बहादुर नेपाली र शंकर पौडेल रहेका छन् । त्यसैगरी मनबहादुर खत्री, रमजानदिन मिया, मुनीन्द्रमान श्रेष्ठ, भुपेन्द्र पौडेल, सुकुरा मिया, मोहमद हमिद मिया, मोहन बहादुर खत्री, जलिला मिया, कलिम खान, भोजबहादुर कुमाल, अब्दुल अवास र मु सुकुर अलि रहेका छन् ।

प्रा.लि.को पहिलो बैठकले पुतलीबजार सहित स्याङ्जा जिल्लामा टेम्पुको संख्या वृद्धि गर्ने निर्णय गरेको छ । त्यसैगरी बैठकले पुतलीबजारमा कार्यालयको स्थापना गर्ने निणर्य गरेको अध्यक्ष गोदारले जानकारी दिए ।

कम्पनीको कुल पुजी १ करोड रहेका संस्थाले बताएको छ । हाल टेम्पोहरुले पुतलीबार लगायत वालिङ्, गल्याङको हाईवे रोड बहाएक भित्रि सडकहरु तथा ग्रामीण क्षेत्रमा सेवा प्रदान गर्दै आएका छन् ।

 

फेसबुक प्रतिक्रियाहरु