मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङ नगरपालिकाद्वारा होमस्टेलाई कुखुराका चल्ला वितरण
स्याङ्जा सेरोफेरो

वालिङ नगरपालिकाद्वारा होमस्टेलाई कुखुराका चल्ला वितरण

  • स्याङ्जा सेरोफेरो बुधबार, मंसिर २४, २०७७ | December 9, 2020

स्याङ्जा सेरोफेरो, वालिङ :

स्याङ्जाको वालिङ नगरपालिकाले नगरभित्रका ८ वटा होमस्टेलाई बुधवार कुखुराका चल्ला वितरण गरेको छ । नगरपालिकाले होमस्टे कुखुरापालन समूहलाई छ सय वटा चल्ला वितरण गरेको हो ।

‘कुखुरा विकास कार्यक्रम’ अन्तर्गत प्रति समूह छ सय वटा चल्ला वितरण गरिएको नगर उपप्रमुख कल्पना तिवारीले बताउनुभयो । स्थानीय तथा अर्गानिक स्वाद दिनका लागि स्थानीय जातका कुखुरापालनमा जोड दिने उद्देश्यले होमस्टेहरुलाई निशुल्क कुखुराका चल्ला वितरण गरेको उप प्रमुख तिवारीले बताउँनुभयो । उहाले कुखुराका लागि आवश्यक पहिलो चरणको दानासमेत उपलब्ध गराएको र आगामी दिनमा आवश्यक सहयोग उपलब्ध गराउने बताउनुभयो ।

नगरपालिकाले उपलब्ध गराएको चल्लाहरुको उचित रेखदेख गरी ब्यवसायिक लाभ लिन र होमस्टेको आर्थिक स्तरोन्नतिमा अभियानले महत्वपूर्ण भूमिका खेल्ने प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले बताउनुभयो । होमस्टे महिला कुखुरापालन समूहलाई प्रति समूह ६०० वटाका दरले कुखुराका चल्ला वितरण गरिएको पशु शाखा प्रमुख देवकुमारी श्रेष्ठले बताउनुभयो ।

फेसबुक प्रतिक्रियाहरु