• गृहपृष्‍ठ
  • फिचर न्युज
  • नेपाल फ्लाइ ल्याब्सले जित्यो ‘टीआईएसीए एयर कार्गो सस्टेनेबिलिटी २०२०’ पुरस्कार
फिचर न्युज

नेपाल फ्लाइ ल्याब्सले जित्यो ‘टीआईएसीए एयर कार्गो सस्टेनेबिलिटी २०२०’ पुरस्कार

  • स्याङ्जा सेरोफेरो शनिबार, मंसिर २७, २०७७ | December 12, 2020

स्याङ्जा सेरोफेरो, काठमाडौँ :

स्याङ्जाका बिप्लव पंगेनी कार्यक्रम निर्देशक रहेका नेपाल फ्लाइंग ल्याब र पेलिकन बायोथर्मलले 'टीआईएसीए एयर कार्गो सस्टेनेबिलिटी २०२०'मा बिजेताको पुरस्कार जितेका छन् । अन्तर्राष्ट्रिय एयर कार्गो एसोसिएशन (टीआईएसीए)ले नेपालको दुर्गम स्थानहरूमा मानवीय र मेडिकल कार्गो ड्रोनहरू संचालन गर्दै आइरहेको ल्याब्सलाइ विजेता घोषणा गरेको हो । विजेता ल्याब्सलाइ १० हजार अमेरिकी डलर  प्रदान गरिनेछ ।

 

दुई रनर अप बीओन आईओटी र ड्रोन डेलिभरी क्यानाडा प्रत्येकले २५ सय अमेरिकी डलर प्राप्त गर्ने छन् । पेलिकन बायोथर्मललाई उनीहरूको टिकाउ र पुन: प्रयोज्य तापक्रम-नियंत्रित शिपिंग कन्टेनरहरूको लागि कर्पोरेट कोटामा सम्मान गरेका छन् ।

नेपाल फ्लाइंग ल्याब्सले मेडिकल ड्रोने प्रोजेक्ट प्रस्तुत गरि मानवीय र सार्वजनिक सुरक्षा वर्गमा AUVSI XCELLENCE पुरस्कार २०२० पनि जितिसकेको छ । यस प्रोजेक्टले प्युठान जिल्लामा क्षयरोग परीक्षणको निम्ति ड्रोनको माध्यमबाट खकार संकलन गरेको थियो ।

एकीकृत एयर कार्गो सत्रको बखत डिजिटल एयर कार्गो फोरमको अन्तिम दिनमा नेपाल फ्लाइंग ल्याब्सका कार्यक्रम निर्देशक बिप्लव पंगेनीले पुरस्कार लिनुभयो । “दिगो विकास लक्ष्यहरुको लागि प्रत्येक नागरिकले आफूलाई आवश्यक जीवन बचाउने श्रोतहरु सँग जोड्नु र सहजै प्राप्त गर्नु धेरै महत्त्वपूर्ण छ । त्यसकारण हामी अन्य ग्रामीण स्थानहरूमा हाम्रो कार्गो ड्रोन टेक्नोलोजी मापन गर्ने र आउँदो दिनमा धेरै मानिसहरूलाई सहयोग गर्न मेडिकल कार्गो ड्रोनहरूको नेटवर्क स्थापना गर्ने योजना राख्दछौं । त्यसका लागि हामी नेपालमा काम गर्न चाहने संस्थासँग साझेदारीको खोजी गरिरहेका छौं। भनिन्छ कि ड्रोनहरू हवाई कार्गोको भविष्य हुन् तर मलाई विश्वास छ कि ड्रोनहरू हवाई कार्गो डेलिभरीको वर्तमान हो र हामी यसलाई नेपालमा जीवन बचाउन प्रयोग गरिरहेका छौं।” पंगेनीले भन्नुभयो ।

 

फेसबुक प्रतिक्रियाहरु