मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव
स्याङ्जा सेरोफेरो

प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव

  • स्याङ्जा सेरोफेरो शुक्रबार, पुस ३, २०७७ | December 18, 2020

स्याङ्जा : प्रकृतिमैत्री र दीगो बिकासले मात्रै मानवको स्तर बृद्धि सम्भव हुने एक कार्यक्रमका बक्ताहरुले बताएकाछन् । गण्डकी प्रदेशको मानव विकास प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्ने बक्ताहरुले प्रकृतिमैत्री बिकास स्वतः दीगो हुने र दीगो बिकासले मात्रै मानव जीवनको स्तर बृद्धि सम्भव हुने बताएका हुन् । उनीहरुले प्रकृतिमा आधारित समाधानका बिभिन्न पक्षका बारेमा आआफ्ना धारणा राखेका थिए ।

मानव विकास प्रतिवेदन २०२० गण्डकी प्रदेशमा सार्वजनिक गर्दै सामाजिक बिकास मन्त्री नरदेबी पुनले पछाडि परेका समुदाय, जाती,बर्ग तथा क्षेत्रको विकास समानताका आधारमा गर्ने नीति प्रदेश सरकारको रहेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘आवश्यक्ताका आधारमा गरिने बिकासले नै पछाडि परेको समूहको स्वतः पहूँच बृद्धि हुनेछ ।’

प्रदेश नीति तथा योजना आयोग, संयुक्त राष्ट्रसंघीय बिकास कार्यक्रम (युएनडिपी) नेपाल, गण्डकी बिश्वबिद्यालय र पोखरा बिश्वबिद्यालयको संयुक्त आयोजना अनलाइन प्रबृद्धिको प्रयोग गर्दै भच्र्युल्ली रुपमा मानव विकास प्रतिवेदन २०२० सार्बजनिक गरिएको हो ।

प्रतिवेदनले संयुक्त परिवर्तनको लागि तीन मुख्य आयामलाई जोड दिएको छ । जसमा मानव असमानता हटाउन सामाजिक मुल्य मान्यता फेर्नुपर्ने, सहयोग र साझेदारीका कार्यक्रम बढाउनुपर्ने र प्रकृतिमा आधारित समाधान खोज्नुपर्ने वा प्रकृति अनुकलनका कार्यक्रम गर्नुपर्ने रहेको छ ।

कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्दै युएनडिपी नेपालका गण्डकी तथा लुम्बिनी प्रदेश प्रमुख सुदिप अर्यालले भौतिक विकासले मात्रै नहुने भन्दै मानवीय विकासमा जोड दिनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘दीगोपना र सहकार्ययुक्त प्रकृतिमैत्री बिकासले नेपालको गरीबी र असमानता हटाउन सकिनेछ ।’ उहाँले गण्डकी सहित सातवटै प्रदेशमा युएनडिपी नेपालले प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिनुभयो ।

गण्डकी बिश्बिद्यालयका कुलपती प्राध्यापक डाक्टर गणेशमान गुरुङको अध्यक्षतामा भएको समूहगत छलफलमा वालिङ नगरपालिकाका प्रमुख दिलिपप्रताप खाँण र उद्योग बन बाताबरण तथा पर्यटन मन्त्रालयका सचिव डाक्टर महेश्वर ढकाल, सांसद डाक्टर पुष्पा केसी भण्डारी,पोखरा बिश्वबिद्यालयका उपकुलपति डाक्टर प्रेमनारायण अर्याल लगायतले छलफलमा भाग लिनु भएको थियो ।

छलफलमा बोल्दै युनेस्कोका नेपाल प्रतिनिधी क्रिस्चियन म्यान हर्टले मानवबिकासको पहिलो र अति आवश्यक शर्त नै शिक्षा भएको बताउनु भयो ।

गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्माले प्रदेशले पुस्तान्तरण हुनेगरी दीगो बिकास गर्न शुरु गरेको बताउनु भयो । उहाँले प्रदेशको श्रोतसाधनको प्रयोगमा समेत बिशेष ध्यान दिइ बातावरण मैत्री बनाउदै लगिने नीति अवलम्वन गरिएको बताउनु भयो ।

युएनडिपीका बिकास अर्थशास्त्री यांकी युकेबले बिकास र अर्थतन्त्र सम्वन्धी आफ्नो भनाई राख्नु भएको थियो ।

गण्डकी प्रदेशको कार्यक्रम गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डाक्टर गिरीधारी शर्माको सभापतित्वमा सम्पन्न भएको थियो ।

प्रतिवेदनअनुसार मानव विकास सूचकांकमा गण्डकी प्रदेशसंगै सात वटै प्रदेशको सुचकांकमा सुधार आएको छ ।

प्रतिवेदनले नेपालीको प्रतिव्यक्ति आम्दानी गत वर्षभन्दा ५१ डलर बढेको देखाएको छ  । गत वर्ष ८६० डलर रहेको प्रतिव्यक्ति आम्दानी चालु वर्ष सन् २०२० मा ९११ अमेरिकी डलर ९१ लाख ७ हजार रुपैंयाँ पुगेको उल्लेख छ । यो हिसाबले चालु वर्ष ५१ डलर अर्थात ६ हजार २३ रूपैया बढेकोे हो ।

लैंगिक विकास, लैंगिक असमानता र मानव विकास सूचकांकमा नेपाल दक्षिण एशियाका पाकिस्तान र अफगानिस्तानभन्दा अगाडि छ ।

फेसबुक प्रतिक्रियाहरु