स्याङ्जाको पुतलीबजारमा स्याङ्जा टेम्पु यातायात प्रा.लि.को एक कार्यक्रमका विच कार्यालय स्थापना गरिएको छ । जिल्ला समन्वय समिति प्रमुख सीताकुमारी सुन्दासले स्याङ्जा टेम्पो यातायात प्रा.लि.को कार्यालयको उद्घाटन गरेकी हुन् ।
कार्यालयको उद्घाटन गर्दै समन्वय प्रमुख सुन्दासले मुख्य सडकको पहुँचमा नभएका तथा ग्रामिण भेगका यात्रुलाई सहज सेवा प्रवाह गर्न आग्रह गरिन् । उनीले यात्रुसँग मित्रवत व्यवहार गर्दै गुणस्तरीय सेवा उपलब्ध गराउँन सुझाव दिँदै ट्राफिक नियमको पालना गर्नुपर्नेमा जोडदिएकी थिईन् ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सदस्य पृथ्वीप्रसाद पोख्रेल, नेपाल पत्रकार महासंघ स्याङ्जाका अध्यक्ष ओमप्रकाश शर्मा, रेडियो स्याङ्जा तथा टेलिभिजनका प्रबन्धक रमेश गोदार, वडा सदस्य विष्णुप्रसाद श्रेष्ठ, ट्राफिक प्रहरी कार्यालय स्याङ्जाका प्रमुख कर्णबहादुर चुनारा लगायतले शुलभ भाडादरमा सहज गुणस्तरीय सेवा उपलब्ध गराउँन सुझाव दिएका थिए ।
स्याङ्जा टेम्पो यातायात प्रा.लि.का अध्यक्ष अर्जुनबहादुर गोदारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष सुरेन्द्र रोकाहा र सचिब मोहमद अजिज खानले कार्यक्रमको संचालन गरेका थिए । २७ जना व्यवसायी मिलेर कम्पनी रजिष्ट्रड कार्यालयमा स्याङ्जा टेम्पो यातायात प्रा.लि. को नाममा जिल्लामा पहिलो कम्पनीका रुपमा दर्ता गरेका हुन् ।