• गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • प्रिन्स लम्सालको दर्शक रुवाउने दोहोरी गित युटव ट्रेंडिंगमा (भिडियो सहित)
स्याङ्जा सेरोफेरो

प्रिन्स लम्सालको दर्शक रुवाउने दोहोरी गित युटव ट्रेंडिंगमा (भिडियो सहित)

  • स्याङ्जा सेरोफेरो बुधबार, पुस १५, २०७७ | December 30, 2020

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

सुमधुर स्वरका धनी बाल दोहोरी गायक प्रिन्स लम्साल अहिले नेपालको चर्चित बाल गायक भएका छन् । स्याङ्जामा बसोबास गर्दै आएका प्रिन्स बेला बेलामा काठमाडौँ गएर आफ्नो सांगीतिक करियरलाइ निरन्तरता दिरहेका छन् ।

मिठो स्वोर भएका प्रिन्सले गाउँदा धेरै दर्शक भावुक बनेका छन् । प्रिन्सले स्याङ्जा सेरोफेरो सँग भने "म स्याङ्जामा बसोबास गर्दै आए पनि म मेरो स्कुलको बिदा मिलाएर  काठमाडौँ गित गाउन आइराक्छु र अहिले मेरो कमला घिमिरे सँग नया गित छिटै बजारमा आउने तयारि भैरहेको छ"।

प्रिन्सलाइ धेरैले भविस्यमा राजु परियार जस्तै उचाईमा पुगोस भनेर आशिर्वाद दिएका छन् । प्रिन्सले भर्खर मात्रै सप्तरंगी संसारमा गाएको दोहोरि गित २४ घण्टा भित्रै नेपालको युटुब ट्रेंडिंगमा समेत पर्न सफल भएको छ ।

बाल दोहोरी गायक प्रिन्स लम्साल र लोकदोहोरी गायिका दिपिका बयम्बु मगर बिचको निकै रमाईलो दोहोरी "चल्यो बतास" नेपालको युटुब ट्रेंडिंगमा परेको हो । समाचार तयार पार्दा सम्म उक्त भिडियो १८ घण्टामा दुइ लाख ३४ हजार पटक हेरिएको छ र १६ हजार बढी दर्शकले लाइक गरिसकेका छन् ।

फेसबुक प्रतिक्रियाहरु