मङ्लबार, माघ ६, २०७७ | Tuesday 19th January 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण
स्याङ्जा सेरोफेरो

कृषकहरूलाई ५० प्रतिशत अनुदानमा हाते ट्याक्टर वितरण

  • स्याङ्जा सेरोफेरो आइतवार, पुस १९, २०७७ | January 3, 2021

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

स्याङ्जाको आँधीखोला गाउँपालिकाले कृषकहरूलाई हाते ट्याक्टर वितरण गरेको छ । पालिका भित्रका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा ८० वटा हाते ट्याक्टर वितरण गरेको हो ।

प्रति ट्याक्टर कुल ५५ हजार मध्य किसानले २७ हजार पाँच सयमा ट्याक्टर प्राप्त गरेका हुन् । किसानहरूको अत्याधिक माग भएकोले गाउँपालिकाले बजेट थप गरी दोस्रो चरणमा थप २५ जना किसानलाई ट्याक्टर वितरण गरिने पालिकाले जनाएको छ ।

किसानलाई कृषि पेशाप्रति आकर्षित गर्दै परम्परागत कृषि प्रणालीलाई यान्त्रीकरण र व्यवसायीकरण गर्ने उदेश्यले हाते ट्याक्टर वितरण गरेको गाउँपालिकाले जनाएको छ ।

किसानलाई खेती गर्न सहज होस् भनेर अनुदानमा हाते ट्याक्टर प्रदान गरिएको गाउँपालिका अध्यक्ष सुधिर कुमार पौडेलले बताए ।

गाउँपालिकाले कृषिमा आत्मनिर्भर बनाउने योजनाका साथ नीति कार्यक्रम बनाई काम गरिरहेको उपाध्यक्ष शर्मिला देवी पौडेलले  बताइन।

हाते ट्याक्टरले कृषि उत्पादनमा ठूलो सघाउ पुग्ने भन्दै आफूहरू कृषि खेती कार्य गर्न अझै उत्साहित भएको कृषकहरूले बताएका छन् ।

प्रमुख प्रशासकीय अधिकृत शेषकान्त पौडेलले कृषि र पशुपालनलाई पहिलो प्राथमिकतामा राखेकोले युवाहरूलाई कृषि पेसामा लाग्न आग्रह गरे ।

 

फेसबुक प्रतिक्रियाहरु