शुक्रबार, बैशाख ३, २०७८ | Friday 16th April 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङको काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन
स्याङ्जा सेरोफेरो

वालिङको काफलडाँडामा शहरी स्वास्थ्य केन्द्रको भवन उद्दघाटन

  • स्याङ्जा सेरोफेरो मङ्लबार, पुस २१, २०७७ | January 5, 2021

स्याङ्जा सेरोफेरो, वालिङ :

वालिङ नगरपालिका-८ काफलडाँडामा निर्माण भएको शहरी स्वास्थ्य केन्द्रको भवन उद्घाटन भएको छ । सोमबार नवनिर्मित भवनको नगर प्रमुख दिलिपप्रताप खाँणले उद्घाटन गर्दै स्वास्थ्य सेवा जनताको सहज पहुँचमा पुराउने भन्दै सर्भसुलभ स्वास्थ्य सेवाको विस्तार गरिने बताउनुभयो ।

निशुल्क स्वास्थ्य विमा गरेर लाभ लिन अनुरोध गर्दै प्रमुख खाँणले जेष्ठ नागरिकको लागी विषेश निति तथा कार्यक्रम बनाएर जेष्ठ नागरिक मैत्रि स्वास्थ्य सेवा बनाईने बताउनुभयो । कार्यक्रममा उपप्रमुख कल्पना तिवारी, प्रमुख प्रशासकिय अधिकृत जिवन ज्ञवाली, कार्यपालिका सदस्य युगमाया पंगेनीलगायतले बोल्नुभएको थियो ।

जयनेपाल ईश्वर निर्माण सेवा प्रालिले गत फागुनमा २८ लाख ६९ हजार ७ सय २९ रुपैँयामा यही पुसमा सक्ने गरी सम्झौता गरेको थियो । सम्झौता समयमै निर्माण सम्पन्न गरेको कम्पनीले १० लाख छाडेर काम गरेको हो । भवनको कुल लागत ३८ लाख ८६ हजार ९ सय २० रुपैँया रहेको हो ।

कार्यक्रम वडा अध्यक्ष कमलप्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन कपिलमढिा खनालले गर्नुभएको थियो ।

फेसबुक प्रतिक्रियाहरु