• गृहपृष्‍ठ
  • विचार
  • मौसम परीवर्तन भएसंगै घाम लागेको छैन, जाडोमा साबधानी पूर्वक हिटरको प्रयोग आवश्यकता
विचार

मौसम परीवर्तन भएसंगै घाम लागेको छैन, जाडोमा साबधानी पूर्वक हिटरको प्रयोग आवश्यकता

  • स्याङ्जा सेरोफेरो मङ्लबार, पुस २१, २०७७ | January 5, 2021

सरोजकुमारी चौधरी, काठमाडौँ :

विगत केही दिनदेखी मौसम पुरै परिवर्तन भई देशभर असाधय बढेको छ । आईतबारदेखि मौसम परीवर्तन भएसंगै घाम लागेको छैन भने हुस्सु पनि बाक्लो भएको छ ।

यस्तो चिसो मौसममा न्यानोपनाको आभास दिने भनेको हिटर हो । बजारमा हिटर सस्तो मुल्यदेखी महङगो सम्मको पाईन्छ । बत्ती,ग्यास,सोलार आदीबाट हिटरको प्रयोग गर्न सकिन्छ ।

सबैभन्दा सजिलो प्रयोग गर्न सकिने र सुरक्षित भनेको बिजुलीबाट हो । बत्तीमा जोड्नासाथ केही सेकेन्ड मै न्यानोपनको आभास दिने यस किसिमको हिटर पनि बजारमा नेपाली,चाईनिज र विदेशी ब्राण्डको पाईन्छ ।

देख्दा सारै सजिलो हुने भए पनि हिटरको प्रयागे गर्दा केही सावधानी नअपनाइए करेन्ट लाग्ने,आगो लाग्ने जस्ता दुर्घटनाहरु घट्न सक्छ ।

हामीले राती सुत्दा हिटर बालेर कहिल्यै सुत्नु हुदँन । यसो गर्नाले हाम्रो रुममा अक्सिजनको मात्रा कम हुनेगर्छ र निदाको बेला पर्याप्त अक्सिजन नपुग्दा मृत्युसमेत हुन गर्छ । रातको समयमा अीक्सजनको मात्रा वातावरणमा पनि कम हुने गर्छ ।

हिटरको प्रयोग गर्दा सानो कुराले पनि ठूलो मान्यता रहेको हुन्छ । हेर्दा जति नै कम्फोर्ट दिएता पनि हानीको बारेमा बुझन जरुरी हुन्छ । सानो कुराको लापर्बाहीले गर्दा जीवनमा घाटा हुनसक्छ । यस्ता विभिन्न क्षतीबाट बच्न हामी ध्यान पूर्वक हिटरको प्रयोग सही ढङले गर्ने गरौँ र दुर्घटनाबाट बचौँ ।

फेसबुक प्रतिक्रियाहरु