शुक्रबार, बैशाख ३, २०७८ | Friday 16th April 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • मल्टीमिडीया
  • राष्ट्रिय एकता दिवसको कार्यक्रम घोषणा गर्दै भारतीयलाई मनिषाको यस्तो जवाफ
मल्टीमिडीया

राष्ट्रिय एकता दिवसको कार्यक्रम घोषणा गर्दै भारतीयलाई मनिषाको यस्तो जवाफ

  • स्याङ्जा सेरोफेरो मङ्लबार, पुस २१, २०७७ | January 5, 2021

काठमाडौं : चर्चित बलिउड अभिनेत्री मनिषा कोइरालाले आफूलाई नेपाली राष्ट्रियता प्यारो भएको बताएकी छन् । मंगलबार काठमाडौंमा राष्ट्रिय एकता दिवस तथा २९९औँ पृथ्वी जयन्तीको अवसरमा गरिने कार्यक्रमहरु सार्वजनिक गर्दै मनिषाले आफूले कर्मथलो बलिउडलाई बनाएपनि नेपाली राष्ट्रियतामा गर्व गर्ने बताएकी हुन् ।

नेपाली प्रजातान्त्रिक आन्दोलनका धरोहर विपि कोइरालाको नातिनी रहेकी मनिषाले आफ्नो देश र राष्ट्रियतामा गर्व रहेको बताएकी छन् । मनिषाले यसअघि नेपाल र भारतबीच रहेको सीमा विवादको समयमा नेपालको भूमिमा भारतले धरपकड गरेकामा विरोध गरकी थिइन् ।

पृथ्वी जयन्तीको कार्यक्रम घोषणा गर्दै मनिषाले भारतीय मिडियालाई जवाफ दिएकी हुन् । उनले भारतका नागरिकले भारतलाई माया गरेजस्तै आफूलाई नेपाल र नेपाली राष्ट्रियतामा गर्व रहेको भन्दै सधैँ राष्ट्रियताको पक्षमा रहने बताइन् ।

राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका दिन मनिषा र नेपाल प्रहरीका पूर्वडिआइजी रमेश खरेलको समूहले एकसाथ कार्यक्रम गर्ने भएको छ । उनीहरुले सरकारसँग राष्ट्रिय एकता दिवस र पृथ्वी जयन्तीका विषयमा ७ बुँदे अनुरोधसमेत गरेका छन् ।

फेसबुक प्रतिक्रियाहरु