बिहिबार, फाल्गुन १३, २०७७ | Thursday 25th February 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • स्याङ्जामा १ सय ९४ जनालाइ कोरोना खोप लगाइयो
स्याङ्जा सेरोफेरो

स्याङ्जामा १ सय ९४ जनालाइ कोरोना खोप लगाइयो

  • स्याङ्जा सेरोफेरो बुधबार, माघ १४, २०७७ | January 27, 2021

स्याङ्जा सेरोफेरो, स्याङ्जा ।

नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ । भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो ।

स्याङ्जामा आज पहिलो दिन १९४ जनाले खोप लगाएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले जानकारी दिनुभयो । डा. शुसिल मरासिनी र स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले स्याङ्जामा खोपको सुभारम्भ गर्नु भएको हो ।

सरकारले जिल्लाको लागि १ सय ७१ भायल अर्थात एक हजार ७१० डोज कोरोना भाइरस विरुद्धको भ्याक्सिन सोमबार पठाएको हो ।

पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

माघ १८ गते सम्म हरेक पालिकाका भित्रका खोप लगाउने सुचिमा परेकाले  कोरोनाविरुद्धको खोप पाउनेछन् ।

फेसबुक प्रतिक्रियाहरु