बिहिबार, फाल्गुन १३, २०७७ | Thursday 25th February 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • राष्ट्रिय महिला लिग फुटबलमा वालिङ् ३-० गोल अन्तरले पराजित
स्याङ्जा सेरोफेरो

राष्ट्रिय महिला लिग फुटबलमा वालिङ् ३-० गोल अन्तरले पराजित

  • चन्दन केसी शनिबार, माघ १७, २०७७ | January 30, 2021

 

काठमाडौं: एपीएफ क्लबले राष्ट्रिय महिला लिग फुटबलमा लगातार पाँचौ जित निकालेको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा शनिबार भएको खेलमा स्याङ्गजाको वालिङ नगरपालिकालाई ३-० गोल अन्तरले पराजित गर्दै एपीएफले अपराजित यात्रा कायम राखेको हो । एपीएफको जितमा सावित्रा भण्डारीले दुई गोल गरिन् । यस्तै प्रिती राईले एक गोल थपिन् ।

बलियो टिम वालिङविरुद्ध खेलको १३ औं मिनेटमा सावित्राको गोलबाट एपीएफले अग्रता बनाएको थियो ।

खेलको ७१ औं मिनेटमा प्रितीले गोल गर्दा एपीएफ २-० ले अघि रह्यो ।

त्यसपछि खेलको ७४ औं मिनेटमा सावित्राले व्यक्तिगत दोस्रो गोल गर्दै एपीएफलाई ३-० को जित दिलाए ।जितसंगै एपीएफ लिगको शीर्ष स्थानमा रहेको छ ।

फेसबुक प्रतिक्रियाहरु