स्याङजा : भिरकोट नगरपालिका–१ स्थीत हेलुमा रहेको कालिका सामुदायीक अस्पतालमा स्थानीय वासीहरुले तालाबन्दी गरेका छन् । स्थानीय वासीहरुले उपचारमा ल्याईएकी एक बच्चीको निधन भएपछी अस्पतालमा ताला लगाएका हुन् ।
भिरकोट–७ तिलाहरका याम बहादुर खाम्चाकी पाँच महिने छोरी लोककुमारी खाम्चाको विरामी पश्चात उपचारका लागि हेलु स्थीत कालिका सामुदयीक अस्पतालमा ल्याएका थिए । अस्पतालले उपचारमा ध्यान नदिएका कारण बच्चीको निधन भएको स्थानीयवासीले आरोप लगाएका छन् ।
अस्पताल प्रशासनले भने बच्चीको स्वास्थ्य चेकअप गरेर थप उपचारका लागि अन्य अस्पताल लैजान अनुरोध गरेको बताएको छ । डाक्टरलाई क्वाटरबाट आउन समय लागेको प्रहरीले प्रारम्भीक अनुसन्धान गरेको छ ।
बच्ची खाम्चाको कालिका अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला अस्पतालमा पुराएपछि अस्पतालले मृत घोषणा गरिएको थियो ।