स्याङ्जा सेरोफेरो, सिरुवारी :
स्याङ्जाको आँधिखोला गाउँपालिका वडा नम्बर ६ निबुवाबोट स्थित सेतिदोभान पंचमुलको भित्रि सडक खण्डमा बस दुर्घटना भएको छ ।
पोखरा बाट सिरुबारी भ्रमण आई फर्केको ना ४ ख ७०३४ नम्बरको बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय स्याङ्जाका प्रहरी नायव उपरीक्षक राजेन्द्र प्रसाद अधिकारीले स्याङ्जा सेरोफेरोलाई जानकारी दिनुभयो ।
दुर्घटनामा परि छ जना घाइते भएका छन् । घाईते भएकाहरुलाई थप उपचारको लागि पोखरा पठाईएको छ ।
चालकलाइ नियन्त्रणमा लिएइको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान कार्य भई रहेको छ ।