प्रकाश अर्याल, भीरकोट :
राम्रो आलु उत्पादन हुने स्थानका रुपमा आफ्नो पहिचान बनाउनको लागि भीरकोट ५ पकानमा फागुन ७ र ८ गते "प्रथम भीरकोट आलु महोत्सव" हुने भएको छ । कृषि पर्यटनको विकासमा सहयोग पुर्याउदैं व्यावसायिक कृषिप्रति सर्वसाधारणलाई आकर्षित गर्न महोत्सव आयोजना गरिएको हो ।
कृषिको सबलीकरण, पर्यटन र जैविक विविधताको प्रचारप्रसार गरी कृषि पर्यटन क्षेत्रको रुपमा विकास गर्न महोत्सव आयोजना गरिएको नगरपालिकाको भनाइ छ । भीरकोट नगरपालिकाले उन्नत जातका बिउहरु ५०% अनुदानमा बितरण गरे सगैं यहाँका किसान आलुखेतीतर्फ आकर्षित हुन थालेका छन् । भीरकोटले आलु उत्पादन हुने छुट्टाछुट्टै ठाउँहरु छनोट गरि आलु उत्पादनमा जोड दिएको थियोे ।
भीरकोट नगरपालिकाले भीरकोट नगर क्षेत्रका उर्वर भुमीहरु छनोट गरि आलु उत्पादन गर्नको लागि सम्पुर्ण किसानहरुलाइ आकर्षित गरेको थियो। भीरकोट नगरपालिका ५ पकान फाँट साँच्चिकै उर्वर भुमी मानिन्छ र अहिले यस पकान फाँटमा करिब २०० किसानले सामुहिक र ब्याक्तिगत गरि २१८ रोपनी क्षेत्रफलमा आलु खेती गरिएको थियो । सिंचाइको राम्रो ब्यबस्था भएकाले सबै किसानहरु आलु खेतिमा उत्साहित भएको पाइन्छ ।
प्रथम भीरकोट आलु महोत्सवका उदेश्यहरु:
* स्थानीय लगायत राष्ट्रिय अर्थतन्त्रलाई योगदान गर्ने ।
* बढ्दो वैदेशिक रोजगारलाई निरुत्साहित गर्ने ।
* कृषिमा आधारित उद्योग खोल्ने वातावरण सिर्जनागर्ने ।
* भीरकोटमा शितभण्डार (कोल्ड स्टोर) को स्थापना गर्न पहल गर्ने ।
* आलुखेतीको प्रति एकाई उत्पादकत्व बृद्धि गर्ने ।
* कृषि उत्पादनको आधुनिकीकरण माध्यमबाट यस क्षेत्रलाई आत्मनिर्भर बनाउने ।
* कृषि पर्यटनलाई प्रवद्र्धन गर्ने ।
* विभिन्न सरोकारवाला निकायहरुसँग समन्वय गरी पकान लगायत यस क्षेत्रको दीर्घकालीन कृषि योजना निर्माण गर्ने ।
* बढ्दो विषादी प्रयोगलाई न्यूनीकरण गर्ने ।
* स्थानीय कला संस्कृतिको जगेर्ना गर्ने ।
* किसानको जीवनस्तर माथि उठाउने कृषि कार्यक्रममा जोड दिने ।
* राष्ट्रिय रुपमा भीरकोट क्षेत्रको पहिचान गराउँने ।
* भीरकोट क्षेत्रमा उत्पादित आलु लगायत अन्य ताजा तरकारीको गुणस्तरीय उत्पादनमा जोड दिई किसानको हौसला बढाउने ।
महोत्सवमा हुने आकर्षणका पक्षहरु:
* आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी ।
* आलुका विभिन्न परिकारहरु ।
* ताजा तरकारी प्रदर्शनी ।
* विविध सांस्कृतिक कार्यक्रम ।
* चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति ।
* विभिन्न कृषि बिऊ बिजन तथा अन्य कृषियन्त्रको प्रदर्शनी ।
* कृषि दोहोरी गीत प्रतियोगिता ।
* कृषि उपजहरुको प्रदर्शनी तथा प्रतियोगिता ।
* कृषि झाँकी प्रतियोगिता ।
* आलु प्रती कि.लो रु ३० मा बेचबिखन हुने छ ।