• गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि बालज्योती बयरघारीलाई
भीरकोट नगरपालिका

विद्यालय स्तरिय फुटबल प्रतियोगिताको उपाधि बालज्योती बयरघारीलाई

  • चन्दन केसी मङ्लबार, फाल्गुन ४, २०७७ | February 16, 2021

✍️ प्रकाश अर्याल, भिरकोट, स्याङ्जा
भिरकोट CAD अर्थात भिरकोट प्याब्सनले २०७७-१०-३० बाट आयोजना गरेको 7 ए साइड जिल्ला स्तरिय फुटबल प्रतियोगिता सम्पन्न आज भएको छ।
प्रतियोगिताको अध्यक्ष जीवन शर्मा अर्याल हुनुन्थ्यो भने प्रमुख अतिथी नगरपालिका मेएर श्री छायाराम खनाल हुनुन्थ्यो ।
उक्त प्रतियोगितामा कुल 20 टिम सहभागी भएका थिए ।
फाइनलमा वालिङ भुम्रे मा वि लाई पराजित गर्दै बालज्योती बयरघारीले प्रथम स्थान हाँसिल गर्न सफल भएको छ ।
तेस्रो स्थान हाँसिल गर्ने कन्साइन्स मा वि हेलु र सान्त्वना वालिङ भु पु भएको छ।
प्रथम , दोस्रो , तेस्रो र सान्त्वना हुने टिमहरुले क्रमशः १५०००, १००००, ५००० ,२००० र शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गरेका थिए ।
कार्यक्रमलाई समापन गर्दै विद्यार्थीहरुको किताबी ज्ञानलाई मात्र नभइ प्रयोगात्मक र खेलकुद क्रीयाकलाप पनि हुनु पर्ने छ र अब आगामी दिन हरुमा येस्तै अन्य कार्यक्रमको पनि आयोजना गरिने बताउनु भयो ।

फेसबुक प्रतिक्रियाहरु