No menu items!

प्रथम भीरकोट आलु महोत्सवको आज उद्घाटन

प्रकाश अर्याल, भीरकोट:

स्याङ्जा सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ” भन्ने मुल नारा सहित आयोजना गरिएको प्रथम भीरकोट आलु महोत्सव २०७७ को आज उद्घाटन भएको छ ।

महोत्सवमा विभिन्न तह र तप्काका लब्ध प्रतिष्ठित ब्याक्तीहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रमुख आमन्त्रित ब्याक्तीत्यो श्री छायाराम खनाल हुनुन्थ्यो । विभिन्न सरकारि कार्यलयका प्रमुख, सुरक्षा प्रमुख, जिल्ला कृषि प्रमुखहरु र विभिन्न लोक दोहोरी गायकहरुको पनि उपस्थिति रहेको थियो । महोत्सवमा विभिन्न झाँकी, र्याली, पन्चेबाजा लगायत साँस्कृतिक प्रस्तुति रहेको थियोे ।

Advertisements

महोत्सवमा विभिन्न आलुका परिकारहरु बनाइएको थियोे र आलुको प्रदर्शनी र ठूलो आलुको ह्रासको पनि प्रदर्शनी गरिएको छ । विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरु, विभिन्न स्टलहरु, आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति, विभिन्न कृषि यन्त्रहरुको प्रदशर्नी गरिएको छ ।

उद्घाटन कार्यक्रमको अध्यक्ष महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष देबि पाण्डे तिवारी हुनुन्थ्यो भने कार्यक्रमको संचालन रामकृष्ण अर्यालले गर्नु भएको थियोे ।

भोलि शनिबारका कार्यक्रमहरु लोक दोहोरी गितका राजा श्री घनश्याम रिजालको बेजोड प्रस्तुति रहने छ । बालगाएक श्री प्रीन्स लम्सालको लोक दोहोरी प्रस्तुति विभिन्न आमा समुहको दोहोरी गित प्रस्तुति विभिन्न बिद्यालयको नृत्य प्रस्तुति लगायत साँस्कृतिक तथा दोहोरी गित प्रस्तुति हुने छ ।

Latest News