बिहिबार, फाल्गुन १३, २०७७ | Thursday 25th February 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • प्रथम भीरकोट आलु महोत्सव २०७७ सम्पन्न
स्याङ्जा सेरोफेरो

प्रथम भीरकोट आलु महोत्सव २०७७ सम्पन्न

  • स्याङ्जा सेरोफेरो शनिबार, फाल्गुन ८, २०७७ | February 20, 2021

प्रकाश अर्याल, भीरकोट:

स्याङ्जा सुन्दर गाउँ पकान जाँउ, आलुका स्वादिष्ट परिकार खाँउ" भन्ने मुल नारा सहित आयोजना गरिएको प्रथम भीरकोट आलु महोत्सव २०७७ को आज समापन भएको छ ।

कार्यक्रममा विभिन्न कलाकारहरु, समाजसेवी, विभिन्न विद्यालयका प्राचार्यहरु, विद्यार्थीहरु, किसानहरु र विभिन्न कार्यक्रमका प्रमुखज्युहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको प्रमुख आमन्त्रित ब्याक्तीत्यो संविधानसभा सदस्य श्री खगेन्द्रराज रेग्मी हुनुन्थ्यो, बिशिस्ट अतिथि नगर प्रमुख श्री छायाराम खनाल हुनुन्थ्यो र विभिन्न सरकारि कार्यलयका प्रमुख , सुरक्षा प्रमुख, जिल्ला कृषि प्रमुखहरु र विभिन्न लोक दोहोरी गायकहरुको पनि उपस्थिति रहेको थियो ।

कार्यक्रममा विभिन्न झाँकी, र्याली , पन्चेबाजा लगाएत साँस्कृतिक प्रस्तुति रहेको थियोे । उक्त महोत्सवमा विभिन्न आलुका परिकारहरु बनाइएको थियोे र आलुको प्रदर्शनी र ठूलो आलुको ह्रासको पनि प्रदर्शनी गरिएको थियोे । विभिन्न प्रकारका स्वादिष्ट खानेकुराहरु, विभिन्न स्टलहरु , आलु तथा ताजा तरकारीहरुको प्रदर्शनी, आलुका विभिन्न परिकारहरु, ताजा तरकारी प्रदर्शनी, विविध सांस्कृतिक कार्यक्रम, चर्चित हाँस्य कलाकारहरुका प्रस्तुति, विभिन्न कृषि यन्त्रहरुको प्रदशर्नी गरिएको थियोे ।

कार्यक्रमको अध्यक्ष महिला जागरण बहुउद्देश्यीय सहकारी संस्थाकि अध्यक्ष देबि पाण्डे तिवारी हुनुन्थ्यो भने कार्यक्रमको संचालन अमृत अर्यालले गर्नु भएको थियोे । लोक दोहोरी गितका बादशाह श्री घनश्याम रिजालको बेजोड प्रस्तुति रहने थियो , विभिन्न आमा समुहको दोहोरी गित प्रस्तुति ,विभिन्न बिद्यालयको नृत्य प्रस्तुति लगायत साँस्कृतिक तथा दोहोरी गित प्रस्तुति रहेको थियो ।

कार्यक्रमको समापन गर्दै यो महोत्सवले किसानहरुको हौसला बढ्ने र राष्ट्रिय रुपमा आफ्नो पहिचान जमाउनको लागि पहल गर्ने र अब येस्ता कार्यक्रमहरु आगामी दिन हरुमा पनि संचालन हुने जानकारी गराउदै महोत्सव सप्पन्न भएको घोषणा गर्नुभएको थियो । महोत्सव दुई दिन सम्म चलेको थियो भने कार्यक्रम सभ्य र भब्य रुपमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ ।

फेसबुक प्रतिक्रियाहरु