• गृहपृष्‍ठ
  • समाचार
  • अन्तर आवासीय मा वि स्तरीय भलिबल प्रतियोगिताको उपाधी बालोदय मा वि लाइ
समाचार

अन्तर आवासीय मा वि स्तरीय भलिबल प्रतियोगिताको उपाधी बालोदय मा वि लाइ

  • चन्दन केसी शुक्रबार, फाल्गुन १४, २०७७ | February 26, 2021

प्रकाश अर्याल, भिरकोट, स्याङ्जा
भिरकोट नगरपालिका वडा नं ६ स्थित श्री बालोदय अङ्ग्रेजी आवासीय मा वि को Sports Club ले आयोजना गरेको आवासीय मा वि स्तरीय भलिबल प्रतियोगिता सम्पन्न भएको छ ।
खेलकुदले हाम्रो शरीरलाई स्वच्छ र निरोगी राख्छ भन्ने हेतुले उक्त प्रतियोगिता राखेको हो ।
कार्यक्रममा भिरकोटका लगभग सबै प्राइभेट स्कुलहरुको उपस्थिति रहेको थियो।
प्रतियोगितामा अर्जुन चौपारी चिल्ड्रेन एकेडेमी , कन्साइन्स हेलु, भुपु बयरघारी, बुद्ध मेमोरियल बयरघारी र बालोदय मा वि सहभागी भएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि प्याब्सन जिल्ला सदस्य एवं बुद्ध मेमोरियल मा वि का सहायक प्र अ श्री माधब प्रसाद गैह्रे हुनुन्थ्यो र अतिथिहरु भुपु बयरघारिका प्र अ खेम भट्टराई , कन्साइन्स हेलुका प्र अ जीवन शर्मा अर्याल स प्र अ साजन परिवार , बालज्योती मा विका प्र अ रेशम देबकोटा लगाएत सम्पूर्ण विद्यालयका प्रतिनिधि शिक्षकहरु हुनुन्थ्यो।
खेल अत्यन्तै प्रतिस्प्रधात्मक भएको थियोे र अन्त्यमा कन्साइन्स मा वि हेलुलाइ पछि पार्दै बालोदय मा वि ले खेल आफ्नो पोल्टामा पार्न सफल भएको थियो ।
कार्यक्रम समापन गर्दै कार्यक्रमका अध्यक्ष प्याब्सन केन्द्रिय सदस्य एक बालोदय मा वि का प्र अ ले खेल खेल्यौ भने शरीर स्वस्थ रहन्छ र येस्ता खेल हरु गर्दै जाने बताउँदै कार्यक्रममा सहभागी सम्पुर्ण खेलाडीहरुलाइ हार्दिक धन्यवाद दिदै कार्यक्रमको समापन गर्नु भएको थियो र स्वागत श्री चुडामणि पंगेनीले गर्नुभएको थियोे र शुभकामना मन्तव्य माधब गर्ह्रेले दिनुभएको थियो भने कार्यक्रमको संचालन श्री नारायण प्रसाद रेग्मीले गर्नु भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु