• गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • बिश्व हिन्दु महासंघको प्रथम नगर अधिबेशन भिरकोटमा सम्पन्न
भीरकोट नगरपालिका

बिश्व हिन्दु महासंघको प्रथम नगर अधिबेशन भिरकोटमा सम्पन्न

  • चन्दन केसी आइतवार, फाल्गुन १६, २०७७ | February 28, 2021

प्रकाश अर्याल, भिरकोट,स्याङ्जा
स्याङ्जा:बिश्व हिन्दु महासंघको प्रथम नगर अधिबेशन भिरकोटमा सम्पन्न भएको छ ।
संसारका रचहिता सृष्टि संचालक भगवान श्री हरिद्वारा प्रदान यस धर्तीको स्वर्ग, नेपाल देश बौद्धिक कालदेखि विभिन्न भेष, भुषा, धर्म , लिङ्ग, बर्ग तथा बहुसाँस्कृतिक पृष्ठभुमिबाट अगाडि बढदै आएको एक सार्बभौम स्वतन्त्र र अभिभाज्य राष्ट्र हो। नेपालमा सनातन कालदेखी विद्यमान हिन्दु राष्ट्रको भावनालाई सुदृढ तुल्याइ यश देशमा रहने वैदिक, बौद्ध, जैन, शिख अन्य ॐ कार परिवारहरुको तथा बिश्वभरका हिन्दुहरुको एक मात्रै गरिमा हिन्दु राष्ट्र नेपालको सत्सङ्कल्पलाई आत्मसात गर्दै हामी सबै ॐ कार परिवार संगठित हुने राष्ट्र, राष्ट्रियता, धर्म बचाउ अभियानमा अगाडि बढ्नका लागि बिश्व हिन्दु महासंघ नेपालको जिल्ला शाखा स्याङ्जा अन्तर्गत भिरकोट नगरपालिकाको नगर अधिबेशन सम्पन्न भएको छ ।
उक्त अधिबेशनमा अध्यक्षमा श्री नन्द लाल खनाल मनोनीत हुनुभएको छ ।
कार्यक्रममा भजन, कृतन ,र्याली समूहले नगर परिक्रमा गरेको थियो र बयरघारीको तमु समाज हलमा गएर कार्यक्रम सुरु भएको थियोे ।
कार्यक्रमको सभापति जिल्ला अध्यक्ष श्री हरिहर पाण्डे हुनुन्थ्यो भने प्रमुख अतिथि नगर प्रमुख छायाराम खनाल हुनुहुन्थ्यो । कार्यक्रममा सम्पुर्ण ॐ कार परिवारहरुको उपस्थिति रहेको थियो भने कार्यक्रम संचालन जिल्ला सचीवले गर्नु भएको थियो।

फेसबुक प्रतिक्रियाहरु