शुक्रबार, बैशाख ३, २०७८ | Friday 16th April 2021
जोडिनुहोस
  • गृहपृष्‍ठ
  • समाचार
  • प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकालाइ
समाचार

प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकालाइ

  • चन्दन केसी आइतवार, फाल्गुन १६, २०७७ | February 28, 2021

 

स्याङ्जा:पुतलीबजार नगरपालिका–१, मालेबगरमा आयोजीत प्रथम पुतलीबजार कप अन्तर पालिका पुरुष भलिबल प्रतियोगिताको उपाधि बाग्लुङको गल्कोट नगरपालिकाले हातपारेको छ । गण्डकी प्रदेश भलिबका क्याप्टेन हरि पाण्डेले नेतृत्व गरेको कालिगण्डकी गाउँपालिकालाई सिधा सेटमा पराजित गर्दै गल्कोटले दुई लाखनगद सहितकप, मेडल र प्रमाणपत्र हातपारेको हो ।

लिग चरणमा कालिगण्डकी सगँ सिधा सेटमा पराजित भएको गल्कोटले फाइनलमा बदला समेत लिएको हो । जिल्लाको सार्वधिक राशीको प्रतियोगितामा उपबिजेता बनेको कालिगण्डकीले एक लाख नगदमा चित्त बुझाएको छ । गल्कोटले कालिगडण्कीलाई २५–२३, २५–१४र २५–१८ अंकले पराजित गरेको एशियन भलिबल रेफ्रि टहल सिहथापाले बताए ।

प्रतियोगितामा तेस्रो बर्दघाट नगरपालिकाले हातपार्दा सान्त्वना चापाकोट नगरपालिका बनेको हो । तेस्रो भएको बर्दघाटले ५० हजार र सान्त्वना बनेको चापाकोटले २५ हजार नगद सहितकप, मेडल र प्रमाणपत्र हातपारेको छ । प्रयिोगितामा बेष्ट प्लेयर गल्कोटका बिमल परियार, बेष्ट सरभर बर्दघाटका लक्ष्मण राना, बेष्ट स्पाइकर कालिगण्डकीका हरि पाण्डे, बेष्ट सेटर गल्कोटका मिन सुनार, बेष्ट क्विकर राजु बिक गल्कोट, बेष्ट डिफेन्डर कालिगण्डकीका धिरेन राना, बेष्ट ब्लकर महेन्द्र श्रेष्ठ चापाकोट भएका छन् । बेष्ट प्लेयरले १५ हजार नगद पाउदा अन्यले पाचँ पाचँ हजार नगद सहित कप हातपारेको आयोजकले जनाएको छ ।

फागुन ८ गतेबाट शुरु भएको लिगकम नकआउट प्रतियोगितामा विभिन्न जिल्लाका १६ टिमको सहभागिता रहेको थियो । प्रतियोगी खेलाडीलाई पुरस्कार एवं सम्मान गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमा कुमारी क्षेत्रीले खेलाडीको सम्मानका लागि अन्तरपालिका स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको बताईन । नगरप्रमुख क्षेत्रीले खेलको माध्यमबाट धेरै विकास गर्न सकिने बताउदै युवाहरु खेलप्रति बढी आर्कषित देखिएकाले नगरपालिकाले खेलकुदका गतिबिधिलाई सहयोग गरेको बताईन् । उनले स्थानीय तहबाट खेलका गतिबिधि संचालन गर्दै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय स्तरसम्म खेलाडीलाई सहभागी गराउने नगरपालिकाको लक्ष्य रहेको बताईन् ।

फेसबुक प्रतिक्रियाहरु