• गृहपृष्‍ठ
  • समाचार
  • भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु
समाचार

भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु

  • चन्दन केसी बुधबार, चैत्र ११, २०७७ | March 24, 2021

काठमाडाैं,भारतमा २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।

सोही अवधीमा यहाँँ ४७ हजार २६२ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १७ लाख ३४ हजार ५८ पुगेको मन्त्रालयले जानकारी दिएको छ । कूल संक्रमितमध्ये तीन लाख ६८ हजार ४५७ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने कूल एक करोड १२ लाख ५ हजार १६० जना संक्रमणमुक्त भएका छन् ।

फेसबुक प्रतिक्रियाहरु