• गृहपृष्‍ठ
  • भीरकोट नगरपालिका
  • भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु
भीरकोट नगरपालिका

भिरकोट नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु

  • चन्दन केसी आइतवार, चैत्र २९, २०७७ | April 11, 2021

स्याङ्जा:भीरकोट  नगरपालिकामा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका वडा नं १ हेलुस्थित आधिँखोलामा माछा मार्ने क्रममा सोही नगरपालिका वडा नं १ लामाचौर बस्ने ३४ वर्षीय बिवेक खाँणको शनिबार मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खाँणले आधिँखोलामा मेनलाईनबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेको र उनको प्राथमिक स्वास्थ्य केन्द्र वालिङमा उपचारको क्रममा मृत्यु भएको हो ।

फेसबुक प्रतिक्रियाहरु