• गृहपृष्‍ठ
  • समाचार
  • स्याङ्जाको भिरकोट नगरपालिकामा झुण्डिएर एक महिलाको मृत्यु
समाचार

स्याङ्जाको भिरकोट नगरपालिकामा झुण्डिएर एक महिलाको मृत्यु

  • चन्दन केसी मङ्लबार, चैत्र ३१, २०७७ | April 13, 2021

स्याङ्जा: स्याङ्जा, भिरकोट नगरपालिकामा झुण्डिएर एक महिलाको मृत्यु भएको छ ।

भिरकोट नगरपालिका वडा नं २ डाँडाकोट बस्ने २४ वर्षीय कमला गिरी खड्काको आइतबार आफ्नै घरमा झुण्डिएर मृत्यु भएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार खड्काले आफ्नै घरको दलिनमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको हो ।

यस घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रियाहरु