• गृहपृष्‍ठ
  • प्रदेश
  • स्याङ्जाको वालिङ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि
प्रदेश

स्याङ्जाको वालिङ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि

  • चन्दन केसी बुधबार, बैशाख १५, २०७८ | April 28, 2021

स्याङ्जा:स्याङ्जाको वालिङ नगरपालिकामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिउँसो जारी गरेको विज्ञप्तिमा राम्दी हेल्थ डेस्कमा गरिएको एण्टीजेन परीक्षणका क्रममा वालिङका २९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका निर्देशक एवम् प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

परीक्षणको क्रममा वालिङ नगरपालिकाको वडा नं. ५ मा १ जना, ७ मा १ जना ८ मा ११ जना ९ मा १ जना, १० मा १ जना ११ मा २ जना १२ मा १० जना १३ मा १ जना र १४ मा १ जना गरी २९ जनामा कोरोना सङ्क्रमित थपिएको शर्माले जानकारी दिनुभयो ।

सङ्क्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र अहिले सबै सङ्क्रमितहरु होमआइसोलेसनमा बसिरहेको निर्देशक शर्माले बताउनुभयो ।

पछिल्लो अद्यावधिक विवरणअनुसार प्रदेशमा सङ्क्रमितको सङ्ख्या १८२५९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु