• गृहपृष्‍ठ
  • समाचार
  • स्याङ्जामा एक कोरोना संक्रमित पुरुषको मृत्यु
समाचार

स्याङ्जामा एक कोरोना संक्रमित पुरुषको मृत्यु

  • चन्दन केसी शुक्रबार, बैशाख १७, २०७८ | April 30, 2021

स्याङ्जा:स्याङ्जाको अर्जुन चौपारी गाउँपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
अर्जुन चौपारी गाउँपालिका वडा नं ५ का कोरोना संक्रमित ६२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट उपचारको क्रममा बिहीबार राति १२ः४५ बजे पोखरामा मृत्यु भएको हो ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माको अनुसार बैशाख ५ गते कोरोना संक्रमण पुष्टि भएको ती पुरुषको उपचारको क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।यो सँगै स्याङ्जामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

फेसबुक प्रतिक्रियाहरु