No menu items!

बयरघारीका व्यापारीले सुरु गरे ‘अनिवार्य मास्क प्रयोग गरौँ’ अभियान

स्याङ्जा सेरोफेरो, भिरकोट : 

९९ चोक बयरघारीका व्यापारी समूहले अनिवार्यरुपमा मास्कको प्रयोग गर्न आग्रह गरेका छन् ।

भिरकोट नगरपालिका १ बयरघारी बजार राधाकृष्ण टोल ९९ चोकका व्यापारी समूहले विश्वव्यापी रुपमा फैलिएको दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणलाई ध्यान दिँदै सचेत रहन र नागरिकलाई स्वास्थ्य मापदण्ड पालना गर्न, अनिवार्य माक्स लगाउन सचेतनामूलक अभियान आजदेखि सञ्‍चालन गरेका हुन् ।

Advertisements

भिरकोट नगरपालिकाका नगर प्रमुख छायाराम खनालले कोरोना सङ्क्रमणको सम्भावना बढी रहेकाले मास्कको प्रयोगलाई कडाइ गर्नका लागि जनचेतनामूलक कार्यक्रम सञ्‍चालन गरेको जानकारी दिनुभयो ।

९९ चोकबाट सुरु गरिएको यो अभियान विस्तारित रुपमा अन्य बजार क्षेत्रमा पनि संचालन गरिने बताइएको छ ।

 

 

Latest News