• गृहपृष्‍ठ
  • स्याङ्जा सेरोफेरो
  • वालिङमा थप कडाइका साथ लकडाउन जारी
स्याङ्जा सेरोफेरो

वालिङमा थप कडाइका साथ लकडाउन जारी

  • स्याङ्जा सेरोफेरो आइतवार, बैशाख १९, २०७८ | May 2, 2021

स्याङ्जा सेरोफेरो, वालिङ :

वालिङमा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण समुदाय स्तरमा फैलन नदिनका लागी वालिङ नगरपालिकाले १८ गते शनिवार राती देखि बैशाख २५ गते राती १२ बजेसम्म लागू हुने गरी थप कडाइका साथ लकडाउन जारी गरेको छ ।

बैशाख १८ गते शनिवारका दिन वालिङ नगरपालिका कोभिड १९ क्राइसीस म्यानेजमेन्ट सेन्टरको बैंठकले सो निर्णय गरेको वालिङ नगर प्रमुख प्रशासकीय अधिकृत राजन भट्टराईले जानकारी दिए ।

समुदाय स्तरमा कोरोनाले भयावह रुप लिन थालेपछि नगरपालिकाले निषेधाज्ञा लगाएको बुझिएको छ । यद्यपि नगर प्रमुख दिलिपप्रताव खाँणका अनुसार भीडभाड हुन नदिन तथा समुदाय स्तरमा संभावित संक्रमण फैलिनबाट सर्वसाधारणलाई जोगाउनका लागी उक्त निर्णय गरिएको बताए ।

उनले भने अत्यावश्यक बाहेकका अन्य सबै बैंक, वित्तीय संस्था र सरकारी कार्यालयबाट हुने सेवा प्रवाह समेत बन्द रहनेछ । खाद्यान्न, तरकारी, डेरिजन्य पदार्थहरु, पोल्ट्री, दाना, औषधि, पानि लगायतका वस्तुहरुको बिक्रि वितरण विहान ७ बजेदेखि ९ बजेसम्म र बेलुका ५ बजेदेखि ७ बजेसम्म खुल्ला रहनेछ ।

निषेधाज्ञा अवधिभर एम्बुलेन्स, शव वाहन, दूध, पानी ओसारपसारका सवारी साधन, लामो दुरीका मालसामान ढुवानीका सवारी साधन, अत्यावश्यक सेवा सञ्चानका लागि खटिएका जनशक्तिले प्रयोग गर्ने सवारी साधन, सुरक्षा निकायका सवारी साधन तथा अत्यावश्यक कार्यका लागि जिल्ला प्रशासन कार्यालयबाट सवारी पास प्राप्त सवारी साधन बाहेक अन्य सबै निजि, सार्वजनिक एवं सरकारी साधनहरु समेत सञ्चालन गर्न निषेध गरिएको छ ।

 

फेसबुक प्रतिक्रियाहरु