• गृहपृष्‍ठ
  • समाचार
  • वालिङ नगरपालिकामा थप २८ जना कोरोना संक्रमित
समाचार

वालिङ नगरपालिकामा थप २८ जना कोरोना संक्रमित

  • चन्दन केसी सोमवार, बैशाख २०, २०७८ | May 3, 2021

स्याङ्जा: वालिङ नगरपालिकामा २८ जना कोरोना संक्रमित थपिएका छन् ।

गह्रौ प्राथामिक अस्पताल वालिङमा गरिएको एन्टिजिन परिक्षणमा यहाँका २८ जनामा संक्रमण पुष्टी भएको हो । वालिङ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा सोमबार २८ जनामा संक्रमण पुष्टी भएको जनाईएको छ ।

विज्ञप्ति अनुसार वडा नं. २ मा ४ जना, ६ मा ३ जना, ८ मा ५ जना, १० मा ४ जना, ११ मा १ जना १२ मा २ जना, १३ मा १ र १४ मा १ गरी २८ जनामा संक्रमण पुष्टी भएको हो ।

वडा नं. २ का १०, ६८, ५१ वर्षका पुरुष र ३७ वर्षका महिला, वडा नं. ६ मा २० वर्षका महिला र ३० र ६५ वर्षका पुरुष, वडा नंं. ८ का ४२ र ४५ वर्षका महिला, २८, १९ र ५२ वर्षका पुरुष, वडा नं. ९ का ५०, १७, ३९, २४ वर्षका महिला र ४५, ५४, ५४ वर्षका पुरुष, वडा नंं. १० का ३८, १७, ४५ वर्षका महिला र १५ वर्षका पुरुष, वडा नं. ११ का ५१ वर्षका महिला, वडा नंं. १२ का ३८ र २३ वर्षका पुरुष, वडा नंं १३ का २५ वर्षका पुरुष र वडा नं. १४ का ५६ वर्षका पुरुषमा संक्रमण पुष्टी भएको हो ।यसैबीच जिल्लाभर सक्रिय संक्रमितको संख्या २५४ पुगेको छ । सोमबार मात्रै जिल्लामा ४२ जना संक्रमित थपिएका छन् ।

फेसबुक प्रतिक्रियाहरु