• गृहपृष्‍ठ
  • समाचार
  • स्याङ्जा जिल्लामा कुल ४२जना कोरोना संक्रमित थपिए
समाचार

स्याङ्जा जिल्लामा कुल ४२जना कोरोना संक्रमित थपिए

  • चन्दन केसी सोमवार, बैशाख २०, २०७८ | May 3, 2021

स्याङ्जा, २० बैशाख ।स्याङ्जा जिल्लामा कुल ४२जना कोरोना संक्रमित थपिएका छन् ।

आज माात्रै वालिङ  प्राथामिक अस्पताल गरिएको एन्टिजिन परिक्षणमा यहाँका २८ जनामा संक्रमण पुष्टी भएको हो । वालिङ नगरपालिकाद्धारा जारी विज्ञप्तिमा सोमबार २८ जनामा संक्रमण पुष्टी भएको जनाईएको छ ।

यसैबीच  पोखरामा गरिएको पिसिआर परिक्षणमा सोमबार जिल्लाका १६ जनामा संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा जारी विज्ञप्तिमा अर्जुनचौपारी, भीरकोट, चापाकोट र पुतलीबजारका गरी १६ जनामा संक्रमण पुष्टी भएको हो ।

अर्जुनचौपारी १ पुरुष, भीरकोटका १ पुरुष, चापाकोटका १ पुरुष र पुतलीबजारका ५ पुरुष र ८ महिला गरी १६ जनामा संक्रमण पुष्टी भएको छ । यसैबीच जिल्लाभर सक्रिय संक्रमितको संख्या २५४ पुगेको छ । सोमबार मात्रै जिल्लामा ४२ जना संक्रमित थपिएका हुन् ।

फेसबुक प्रतिक्रियाहरु