No menu items!

स्याङजाको कांग्रेस पार्टी कार्यालयलाई आइसोलेसन सेन्टर बनाउन दिने

स्याङ्जा सेरोफेरो, स्याङ्जा :

नेपाली कांग्रेस स्याङ्जा पार्टी कार्यालयको भवनlलाइ आइसोलेसन सेन्टर बनाइने भएको छ ।

कोभिड १९ सङ्क्रमणको जोखिम तथा नियन्त्रणका लागि आइसोलेसन वा कोभिड अस्पताल बनाउन पार्टी कार्यालय प्रयोग गर्न दिने निर्णय भएको कांग्रेस कार्यबाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले जानकारी दिए ।

‘स्याङ्जामा पनि कोरोना सङ्क्रमितको दर बढेकाले अस्पतालमा शय्या अभाव हुन सक्छ’, उनले भने, ‘बिरामीलाई राखेर उपचार गर्न ठाउँ अभाव भएमा पार्टी कार्यालयलाई आइसोलेसन वा कोभिड अस्पतालका रुपमा प्रयोग गर्न भवन उपलब्ध गराउने निर्णय गरेका हौं ।’

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News