No menu items!

स्याङ्जाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

स्याङ्जा: स्याङ्जामा कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट वालिङ् नगरपालिकाका र गल्याङ् नगरपालिका एक/एक जना कोरोना संक्रमितको उपचारको क्रममा पोखरामा मृत्यु भएको स्वास्थ्य निर्देशनालय पोखराले बताएको छ ।

गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता एवम् निर्देशक विनोद विन्दु शर्माका अनुसार वालिङ नगरपालिका वडा नं २ का ४५ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरामा २५ गते दिउँसो १ बजे मुत्यु भएको हो ।

उहाँलाई बैशाख २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसै गरी गल्याङ् नगरपालिका वडा नं ३ की ६० वर्षीय महिलाको चरक मेमोरियल अस्पताल, पोखरामा उपचारको क्रममा २५ गते दिउँसो ३:३० बजे मृत्यु भएको छ । उहाँलाई बैशाख २० गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा स्याङ्जाका थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य निर्देशनालय पोखराका अनुसार वालिङ् नगरपालिकाका ७ जना, पुतलीबजार नगरपालिकाका ४ जना, आधिँखोला गाउँपालिकाका २ जना, भीरकोट नगरपालिकाका ३ जना, गल्याङ नगरपालिकाका १ जना, हरिनास गाउँपालिकाका १ जना, वीरुवा गाउँपालिकाका ३ जना र कालीगण्डकी गाउँपालिकाका ५ जना गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय स्याङ्जाको बैशाख २५ गते तथ्याङ्क अनुसार जिल्लामा कोरानाका संक्रिय संक्रमितको संख्या ४५५ रहेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News