No menu items!

पछिल्लो २४ घण्टामा थप ९२७९ जनामा कोरोना पुष्टि थप १३९ जनाको मृत्यु

काठमाडौं:नेपालमा पछिल्लो २४ घण्टामा थप ९२७९ जनामा कोरोना पुष्टि भएको छ भने थप १३९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १७ हजार ६२३ जनाको पीसीआरर ७८८ जनाको एन्टिजेन परीक्षणमा ९२७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यो सँगै देशभर सक्रिय संक्रमितको संख्या ९३ हजार १४१ पुगेको छ ।त्यसै गरी पछिल्लो २४ घण्टामा ४ हजार ७ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

अहिलेसम्म कोरोना संक्रमितको कुल संख्या ४ लाख ३ हजार ७९४ र निको हुनेको कुल संख्या ३ लाख ६ हजार ७९४ पुगेको छ ।

त्यसै गरी कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ३८५९ पुगेको छ ।

- Advertisement -spot_img
- Advertisement -spot_img
Latest News