No menu items!

गण्डकी प्रदेशका सांसद मल्ललाई पितृशोक

स्याङ्जा : गण्डकी प्रदेशका सांसद एवम् नेपाल तरुणदल स्याङ्जाका अध्यक्ष भागवतप्रकाश मल्ललाई पितृशोक परेको छ ।

सांसद मल्लको बुबा गजेन्द्र प्रकाश मल्लको ७६ वर्षको उमेर आज बेलुका ६ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको नेविसंघ स्याङ्जा साविक क्षेत्र नं ३ का सभापति धनराज पौडेलले जानकारी दिनुभयो ।

Advertisements

लामो समयदेखि विभिन्न रोगका बिरामी हुनुभएका मल्ल ४ दिनदेखि आइसुयुमा उपचारत हुनुहुथ्यो । लामोसमयदेखि नेपाली काँग्रेसको सक्रिय राजनीति गर्नुभएको मल्लको निधनले अपूरणिय क्षति नेपाली काँग्रेस स्याङ्जाले बताएको छ ।

पारिवारिक स्रोतका अनुसार उहाँको भोलि बिहान रामदीमा अन्तिम संस्कार गरिने भएको छ । दिबङगत मल्लका तीन जना छोराहरु, एक छोरी र एक श्रीमती रहेकी छन् ।

Latest News