No menu items!

जिल्ला कारागार स्याङ्जालाइ अक्सोमिटर, मास्क र सेनिटाइजर हस्तान्तरण

स्याङ्जा सेरोफेरो, पुतलीबजार :

नेपाल विद्यार्थी संघ क्षेत्रिय कार्यसमिति स्याङ्जाले जिल्ला कारागार स्याङ्जालाई पल्स अक्सोमिटर, मास्क र सेनिटाइजर वितरण गरेको छ ।

न्यूनतम सुरक्षाका उपकरण नपाएको गुनासो भइरहेका बेला आइतवार नेविसंघ स्याङ्जाले उक्त सामाग्री कारागार प्रमुख चुडामणि भण्डारी र कारागार मेडिकल प्रमुख मनोजकुमार यादवलाई हस्तान्तरण गरेको हो ।

Advertisements

पहिलो चरणको कोरोना भाइरसको संक्रमणमा नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति स्याङ्जाद्धारा ४० हजार बराबरको थर्मोगन जिल्ला प्रशासन कार्यलयलाइ र माक्स, सेनिटाइजर जिल्ला कारागार स्याङ्जालाई हस्तान्तरण गरेको थियो ।

नेविसंघले राष्ट्र संकट र सन्त्रासपुर्ण परिस्थितिमा रहेको सवै अवस्थामा सहकार्य र सहयोग गर्दै आएको र अहिले पनि सक्दो सहयोग गर्ने नेविसंघ जिल्ला सभापति अजित क्षेत्रीले बताए ।

Latest News