No menu items!

तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम

काठमाडौं:बंगालको खाडीमा रहेको यास चक्रवातको आंशिक प्रभावका कारण नेपालको मौसम प्रभावित भएको र अबको तीन दिनसम्म देशका विभिन्न क्षेत्रमा भारी वर्षा भइ बाढी–पहिरोको जोखिम रहेकाले सावधानी अपनाउन सरकारले आग्रह गरेको छ।

Advertisements

पश्चिमी बंगालको खाडीमा विकसित भएको जलवायुको प्रभाव र शक्तिशाली चक्रवात यास समुद्रबाट जमिन तर्फ प्रवेश गरेको र उक्त चक्रवात उत्तर–उत्तरपश्चिम सर्ने क्रममा छ । त्यसले केही दिन नेपालको मौसममा असर पर्ने हुँदा आवश्यक सतर्कता अपनाउन हुन प्राधिकरणका प्रवक्ता लिलाधर अधिकारीले आग्रह गरेका हुन् ।

Latest News