No menu items!

स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण

स्याङ्जा:महाविर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रले वैकल्पिक प्रविधिबाट स्याङजाको भीरकोट नगर अस्पतालमा मिनी अक्सिजन प्लान्ट निर्माण गरेको छ पुनको केन्द्रले सोमवार एक कार्यक्रमको आयोजना गरि मिनी अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको हो ।

राष्ट्रिय आविष्कार केन्द्रले भीरकोट नगर अस्पतालमा निर्माण गरेका मिनी अक्सिजन प्लान्ट नेपालमै पहिलो मिनी अक्सिजन प्लान्ट बनेको छ । भीरकोट नगरापलिका र राष्ट्रिय आविष्कार केन्द्रको सयूक्त लगानिमा निर्माण भएको हो । प्लान्टमा दुबै संस्थाको ५०/५० प्रतिशत लगानी रहेको भीरकोट नगरपालिकाले जनाएको छ ।

भीरकोट नगरपालिका र आविष्कार केन्द्रको संयुक्त लागतमा यो प्लान्ट निर्माण गरिएको भीरकोट नगरपालिकाका मेयर छायाराम खनालले जानकारी दिए । नगरप्रमुख खनालले मिनी प्लान्टबाट जिल्लाका सबै विरामीहरुले सेवा लिन सक्ने जानकारी दिए । उनले कम खर्चमा धेरै काम भएको बताउदै १२ जना विरामीहरुले अक्सिजन प्रयोग गर्न सक्ने जानकारी दिए ।

Advertisements

अक्सिज कम भएको बेला केही गर्न सकिन्छ भनेर सबै मिलेर मिनी अक्सिजन प्लान्ट निर्माण गरिएको आविष्कार केन्द्रका मेकानिकल इन्जिनियर रितेश देवले जानकारी दिए । मेकानिकल इन्जिनियर देवले ७ वटा कन्सन्ट्रेटर प्रयोग गरि प्रति मिनट ६५ लिटर अक्सिनज उत्पादन हुने बताए । उनले बत्ति गएको बेलामा पनि अक्सिजन लिन सकिने जानकारी दिए ।

प्लान्टको सूचारु गर्दै गण्डकी प्रदेश सभा सदस्य मेखलाल श्रेष्ठले भीरकोट नगर अस्पतालमा भीरकोट नगरपालिकाको सक्रियतामा प्लान्ट निर्माण भएको बताए । उनले प्लान्ट निर्माणले अक्सिजन विना मर्न पर्दैन भन्ने सन्देश भीरकोट नगरपालिकाले दिएको बताए ।

करिब २५ लाखको लगानीमा राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको मिनी अक्सिजन प्लान्ट २ दिनमै तयार भएको थियो । राष्ट्रिय आविष्कार केन्द्रका ८ जना कर्मचारीहरुले उक्त मिनी अक्सिजन प्लान्ट निर्माण गरेको भीरकोट नगरपालिकाले जानकारी दिएको छ ।

Latest News